Logo

२०७८ माघ १५ गते शनिवार

images

स्वरोजगारका लागि गाडी किन्न सरकारले २५ लाख सहुलियतपूर्ण कर्जा दिने, के–के छ अन्य सुविधा ?

स्वरोजगारका लागि गाडी किन्न सरकारले २५ लाख सहुलियतपूर्ण कर्जा दिने, के–के छ अन्य सुविधा ?

खबर सेन्टर

१० मंसिर २०७८
  • 1.4K
    SHARES
  • images
    images
    स्वरोजगारका लागि गाडी किन्न सरकारले २५ लाख सहुलियतपूर्ण कर्जा दिने, के–के छ अन्य सुविधा ?
    images
    images

    सरकारले कोभिड–१९ का कारण रोजगार गुमाएका, अति प्रभावित होटल,पर्यटन तथा विभिन्न पेसा व्यवसायमा आवद्ध व्यवसायीहरुलाई २५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने भएको छ ।  यस्तो कर्जा विपन्न वर्ग कर्जामा गणना हुने गरि स्वरोजगार सवारी साधन खरिदका लागि समेत अधिकतम २५ लाख रुपैयाँसम्म दिने राष्ट्र बैंकले जनाएको छ । 

    images
    images
    images

    शुक्रबार चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेका बैंकले ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न चाहेमा २५ लाखसम्मको व्यवस्था गर्ने र त्यस्तो कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइएको बताएको छ ।

    यस्तै, कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाखसम्मको कर्जा, महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने रु.२० लाखसम्मको कर्जा, वास्तविक कृषि व्यवसायीलाई रु.२० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जा आदिलाई समेत विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    images
    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १२:२३:३८ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार