Logo

२०७८ माघ १५ गते शनिवार

images

ग्यास सिलिन्डरले भरिएको ट्रकसँग बस ठोक्कियो, १० जनाको मृत्यु

ग्यास सिलिन्डरले भरिएको ट्रकसँग बस ठोक्कियो, १० जनाको मृत्यु

खबर सेन्टर

२१ पौष २०७८
  • 631
    SHARES
  • images
    images
    ग्यास सिलिन्डरले भरिएको ट्रकसँग बस ठोक्कियो, १० जनाको मृत्यु
    images
    images

    झारखण्डको पाकुडमा बुधबार बिहान एक भीषण सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । साहिबगञ्जबाट दुमका जाँदै गरेको बस लिट्टीपाडा–अमडापाडा रोडमा ग्यास सिलिन्डरले भरिएको ट्रकसँग ठोक्कियो । बसमा ४० भन्दा बढी यात्रा गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । यसमा करिब २५ जना घाइते छन् ।

    images
    images
    images

    ट्रक र बस यति बेस्सरी ठोक्किएका थिए कि दुबै गाडी ध्वस्त भएका छन् । थुप्रै मानिस बसबाट बाहिर निस्किएपछि लडे । बसमा भित्र मानिस त्यहिँ फसेका छन् । बसलाई काटेर मानिसलाई बाहिर निकालिँदैछ ।

    बसका ड्राइभर पनि भित्रै फसिरहेका छन् र उनी हालसम्म जिउँदो नै भएको बताइएको छ । स्थानीयका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्ने आशंका छ ।

    प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ । हाल मारिएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन । घाइतेलाई अस्पताल लगिँदै छ ।

    images
    प्रकाशित मिति :पौष २१ २०७८ बुधवार - १२:३७:२७ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार