Logo

२०७८ माघ १५ गते शनिवार

images

ओमिक्रोनको लक्षण : पेटमा यस्ता समस्या देखिए कोरोना परीक्षण गर्न विज्ञको अनुरोध

ओमिक्रोनको लक्षण : पेटमा यस्ता समस्या देखिए कोरोना परीक्षण गर्न विज्ञको अनुरोध

खबर सेन्टर डेस्क

३० पौष २०७८
  • 1.4K
    SHARES
  • images
    images
    ओमिक्रोनको लक्षण : पेटमा यस्ता समस्या देखिए कोरोना परीक्षण गर्न विज्ञको अनुरोध
    images
    images

    काठमाडौँ । स्वास्थ्य विज्ञहरु ओमिक्रोन भेरियन्टबाट संक्रमित भएकाहरुको लक्षणबारे बताइरहेका छन् । ओमिक्रोनका केही लक्षण डेल्टाको भन्दा फरक छ । ओमिक्रोनमा ज्वरो आउनु, खोकी लाग्नु लक्षणहरु मात्रै सिमित नभएको विज्ञहरुको भनाइ छ । ओमिक्रोनमा श्वास प्रश्वासमा समस्या देख्नुका अलावा पेटमा पनि विभिन्न समस्या देखिने लक्षण देखिएको भन्दै विज्ञहरुले सचेत गराएका छन् ।

    images
    images
    images

    पेटसँग जोडिएका ओमिक्रोनका लक्षणहरु 

    यदि तपाईलाई ज्वरो विना वान्ता भइरहेको छ या पेट दुखिरहेको छ, खानामा अरुची छ भने तुरुन्तै कोरोना परीक्षण गराहाल्नुपर्छ । साथै सास फेर्न समस्या भइरहेको छ भने यसलाई वेवास्ता गर्नु हुँदैन । यी लक्षणहरु खोप लगाएका व्यक्तिहरुलाई पनि देखिरहेको छ । 

    भारतको गुडगाउँस्थित फोर्टिस मेमोरियल रिसर्च इन्ष्टिच्यूटका डाइरेक्टर डा. मनोज गोयलले हिन्दुस्तान टाइम्समा बताउनुभए अनुसार केही व्यक्तिहरुलाई सुरुमा विना ज्वरो पेट दुख्ने समस्या देखिन्छ भने पनि ओमिक्रोन संक्रमण भएको शंका गरि परीक्षण गराइ हाल्नुपर्छ । शरीर दुख्ने, वान्ता हुने, खान मन नलाग्नेजस्ता अरु लक्षण पनि देखिन सक्छ । 

    ओमिक्रोनका कारण पेटको माथिल्लो भाग सुन्निन पनि सक्छ । कोरोनाको दुवै मात्रा खोप लगाएका व्यक्तिहरु यस्ता समस्या लिएर अस्पताल आउने गरेको गोयलले उल्लेख गर्नुभएको छ । यद्यपी यी लक्षण गम्भिर नभएको तर्फ उहाँले सचेत गराए । 

    यसैबीच भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना कोरोनाका नयाँ बिरामी पुष्टि भएका छन् । जसमा ५७५३ ओमिक्रोनका केस छन् । यो संख्या विहीबारको तुलनामा ६.७ प्रतिशतले बढी हो । भारतमा संक्रमणदर १४.७८ प्रतिशत पुगेको छ । 

    images
    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १२:२१:४२ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार