Logo

२०७९ जेठ १२ गते बिहिवार

images

१० करोड ४८ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक, कुन बैंकमा कति ?

१० करोड ४८ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक, कुन बैंकमा कति ?

खबर सेन्टर

१४ माघ २०७८
  • 1.8K
    SHARES
  • images
    images
    १० करोड ४८ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक, कुन बैंकमा कति ?
    images

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न कोषमा रहेका १० करोड ४८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

    images
    images
    images

    केन्द्रीय बैंकले उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा ८ अर्ब ३९ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १ करोड ५७ लाख रुपैयाँ र फाइनान्समा ५२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।

    बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरेको छ। यसका लागि माघ १८ गते १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ।

    यस्तो लगानी आउँदो फागुन २ गतेदेखि २०७९ फागुन १ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

    यस्तो मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ। 

    त्यस्तै निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। 

    images
    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - १४:३५:५३ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार