शिक्षक सेवा आयोगले आचारसंहिता, २०७८ जारी गरेको छ । आयोगको काम कारवाही र त्यसको प्रभावकारिता र विश्वसनीयतालाई अक्षुण्ण तुल्याइ राख्नका लागि आचारसंहिता, २०७८ लाई माघ १३ गते स्वीकृत गरी जारी गरिएको हो ।
प्रचलित कानुन बमोजिम आफ्नो कार्य सम्पादन गर्ने सिलसिलामा सुशासनको मुल्यमान्यता र संगठनको आदर्श अनुरुप स्वतन्त्र, निष्पक्ष एवम् वस्तुनिष्ठ बनाउने र विधि तथा पद्धतिमा आधारित भई योग्यता प्रणालीको संरक्षक संस्थाको रुपमा कार्य गर्न आवश्यक भएकाले आचारसंहिता जारी गरिएको जनाएको छ ।
आचारसंहिता आयोगका पदाधिकारी, दक्ष/विज्ञ, आयोगको कार्यलयमा कार्यरत सम्पूर्ण कर्मचारी, आयोग बाट अधिकार पाएका अन्य निकायका पदाधिकारी वा कर्मचारीहरु र आयोगको तर्फ बाट सम्पादन गरिने कार्यमा आयोगबाट खटाएका ब्यक्तिहरुलाई आचारसंहिता लागुहुने उल्लेख गरीएको छ ।
आयोगले आचारसंहिता शिक्षक सेवा आयोग बाट स्वीकृत भएको मिति देखि लागू हुने बताइएको छ ।