Logo

२०७९ जेठ १२ गते बिहिवार

images

नेपाली बजारमा आज सार्वजनिक हुँदै रेड्मी नोट ११, यस्तो छ मूल्य र फिचर

नेपाली बजारमा आज सार्वजनिक हुँदै रेड्मी नोट ११, यस्तो छ मूल्य र फिचर

खबर सेन्टर

१४ माघ २०७८
  • 2.1K
    SHARES
  • images
    images
    नेपाली बजारमा आज सार्वजनिक हुँदै रेड्मी नोट ११, यस्तो छ मूल्य र फिचर
    images

    काठमाडौं । साओमीले बिहीवार नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ को तुलनामा केही फरक विशेषतासहित आज ग्लोबल इडिशन सार्वजनिक हुन लागेको हो ।

    images
    images
    images

    फोरजी सपोर्ट गर्ने यो फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.४३ इन्चको फुलएचडी प्लस एमोलेड डिस्प्ले छ । १८० हर्जसम्मकाे टच स्याम्पलिङ रेट रहेको फोनको डिस्प्ले १००० निट्ससम्म उज्यालो हुने जनाइएको छ ।

    स्न्यापड्रागन ६८० चिपसेटमा चल्ने फोनमा ४/६४ जीबी, ४/१२८ जीबी र ६/१२८ जीबी गरी तीन भेरियन्ट छ ।

    रेड्मी नोट ११ को ग्लोबल इडिशनमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल सेन्सर र समान २ मेगा पिक्सेलका म्याक्रो र पोट्रेट लेन्स छन् ।

    फोनको अगाडि भागमा सेल्फी तथा भिडिओ खिच्न र भिडिओ कल गर्न १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

    लामो ब्याकअप प्रदान गर्नका लागि रेड्मी नोट ११ मा ५,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले यूएसबी टाइप(सी पोर्टमार्फत ३३ वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । यसलाई कम्पनीले भने ६२ मिनेटमा फूल चार्ज हुने दाबी गरेको छ ।

    111.jpg

    22.jpg

     

    रेड्मी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्ल मा अथोराइज्ड मी स्टोर,अनलाइन र रिटेल पार्टनरहरु १३ माघ २०७८बाट उपलब्ध हुनेछ।

    ४ जीबी + ६४ जीबी भेरियन्त रु २२,९९९
    ४ जीबी + १२८ जीबी भेरियन्त रु २४,९९९
    ६ जीबी + १२८जीबी भेरियन्त रु २६,९९९

    images
    प्रकाशित मिति :माघ १४ २०७८ शुक्रवार - १७:१२:३५ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार