काठमाडौँ । मेलिना राई र प्रताप दासको स्वर रहेको गीत ‘दुख्छ मन’ सार्वजनिक भएको छ । आइतबार रिलिज गरिएको गीतमा साजन कट्टेलको शब्द र सरोज पोखरेलको संगीत छ ।
रोमान्टिक भावको गीतको भिडिओमा आकाश श्रेष्ठ र एलिजा गौतमले अभिनय गरेका छन् । भिडिओको निर्देशक प्रहिल कार्की हुन् । भिडिओमा आकाश र एलिजाको बोल्ड दृश्यहरू समावेश गरिएका छन् ।
भिडिओ भने तुलसा ईन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत आजै रिलिज गरिएको हो ।