Logo

२०७९ जेठ १२ गते बिहिवार

images

आज घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिँदै

आज घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिँदै

खबर सेन्टर

२ बैशाख २०७९
  • 1.2K
    SHARES
  • images
    images
    आज घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिँदै
    images

    लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ ।

    images
    images
    images

    पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ। घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले भने ‘पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको छ’ ।

    स्मार्ट भिलेज घलेगाउँका घर एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष घलेले बताए । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल भइसकेको छ।

    ०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए। ०५७ देखि १२ घरबाट घलेगाउामा होमस्टे सञ्चालन गरिएको थियो। घलेगाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरीएको छ । न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ ।

    ०५७ सालबाट होमस्टे सञ्चालनमा आएको घलेगाउँमा ४२ घरले नियमित सेवा दिइरहेका छन् । घलेगाउँमा दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिक स्तर पनि उकासिएको छ ।

    images
    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - ०९:५९:१५ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार