Logo

२०७९ जेठ १२ गते बिहिवार

images

दुर्घटनामा पर्‍यो प्रमोद खरेल सवार कार

दुर्घटनामा पर्‍यो प्रमोद खरेल सवार कार

खबर सेन्टर

१५ बैशाख २०७९
  • 1.2K
    SHARES
  • images
    images
    दुर्घटनामा पर्‍यो प्रमोद खरेल सवार कार
    images

    गायक प्रमोद खरेल कार दुर्घटनामा परी घाइते भएका छन् । दाङ तुलसीपुरको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रमोद चढेको बा २० च ६२५७ नम्बरको कार मंगलबार राति १ बजेर १० मिनेटमा घोराही उपमहानगरपालिका-४ गोपीचोकमा दुर्घटनामा परेको हो ।

    images
    images
    images

    कारमा सवार अन्य दुई जना पनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अनियिन्त्रत गतिका कारण कार दुर्घटना भएको प्रहरीको भनाइ छ ।

    आयोजकले हाँकेको कार सडकको पर्खालमा ठोक्किएर दुर्घटना भएको र आफू ४५ मिनेट बेहोस भएको प्रमोदले बताएका छन् । दुर्घटनामा घाइते भएका उनलाई तत्कालै दाङ अस्पताल पुर्याइएको थियो ।

    ‘एउटा अर्को युद्ध जिन्दगीसँग’ भन्दै गायक प्रमोदले दुर्घटनाको खबरलाई बिहीबार बिहान फेसबुकमार्फत सार्वजनिक गरेका छन् । अस्पताल शैय्याको तस्वीर पोस्ट गर्दै उनले दाङबाट बुधबार बिहान ४ बजे काठमाडौं आइपुगेको र मनमोहन कार्डियो टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षणपछि अहिले आराम गरिरहेको उनले उल्लेख गरेका छन् ।

    अहिले प्रमोदको अवस्था सामान्य छ । केही दिनको लागि रेकर्डिङ र कार्यक्रम स्थगित गरेको उनले जनाएका छन् ।

    hhhhh.jpg

    images
    प्रकाशित मिति :बैशाख १५ २०७९ बिहिवार - १३:००:१२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार